नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Thursday, May 28, 2026
काठमाडौंमा चरणबद्ध चोरीमा सक्रिय दोलखाका तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा चोरी गर्ने दोलखाका तिन पुरुष सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाका नारायण श्रेष्ठ, लीला नारायण श्रेष्ठ र विर बहादुर श्रेष्ठ तथा खोटाङका सौराज गजमेर रहेका छन् । चरणबद्ध चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनाको स्थानयी ठेगाना दोलखा भनिएपनि स्पष्ट खुलाइएको छैन । यही असार ६ गते नैकापको एक घरबाट गरगहना चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले असार ६ गते, २ गते र गत चैत १२ गते उपत्यकाका विभिन्न स्थानमा चोरी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ५ थान मोवाइल, २ थान तिलहरी, ३ थान मंगलशुत्र लगायतका गरगहना बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





