नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
तामाकोशी गाउँपालिकाको बजेट ६५ करोड, पुर्वाधार र पशु विकासलाई विशेष प्राथमिकता

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष पुर्वाधार र पशु विकासलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यी क्षेत्रलाई विशेष प्राथमिकता दिएको हो । तामाकोशी गाउँपालिकाले पुर्वाधारतर्फ सबैभन्दा बढी ११ करोड ८० लाख बजेट विनियोजन गरेको छ भने पशु विकासमा १ करोड ५२ लाख २० हजार बजेट विनियोजन गरेको छ । यस्तै स्वास्थ्यतर्फ २ करोड १७ लाख ३३ हजार, कृषिमा ८७ लाख १५ हजार तथा शिक्षातर्फ ३ करोड ६५ हजार बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि तामाकोशी गाउँपालिकाले कुल ६५ करोड ५ लाख ६४ हजार बजेट विनियोजन गरेको हो ।
गाउँसभामा तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । सभामा गाउँपालिकाका अध्यक्ष प्रोण प्रताव केसी, प्रमुख प्रशासकिय अधिकृत गोरखनाथ मिश्र, वडाध्यक्ष तथा वडा सदस्यहरुको सहभागीता रहेको थियो





