मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।।।

0Shares

मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।।।

विनोद मण्डल आषाढ ९ । सिराहाको लाहानमा नेपाल मानअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मानवअधिकार संरक्षण केन्द्र सिरहाका देवराज पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी कुमार प्रसाद मैनाली लहानका उपमेयर राम चलितर महतो लगायत जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

२०२२ को जनवरीदेखि असार ७ सम्म जिल्लाका विभिन्न ठाउँहरुबाट संकलित करिब ४२ ओटा घटनाहरूको समिक्षा गरिएको कार्यक्रममा जिल्लाका इन्सेक प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नुभए अनुसार जिल्लामा आफनै परिवारबाट २ जनाको हत्या , अन्य पक्षबाट ६ हत्या , राज्य पक्षबाट दुर्यव्यवहार १ , बालिका बलात्कृत घटना ६ , बालिका बलात्कृत प्रयास ३ , महिला बल्तकार ८ , आगजनी १ , तोडफोड १ , आत्महत्या १ , बहुबिबाह १२ गरी जिल्लामा करिब ६ महिनामामा करिब ४२ मानब अधिकार उलङ्घनका घटनाहरू भएको समीक्षा कार्यक्रम मार्फत जानकारी गराइएको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले विगत ६ महिनामा बालबालिका तथा महिलाहरु हिंसामा परेको बताउँदै यसको लागि जिल्लाका संघ संस्था तथा सञ्चारकर्मीहरुको सहयोग अावायक भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *