लागु औषध (खैरो हिरोईन) सहित २ जना पक्राउ

0Shares

लागु औषध (खैरो हिरोईन) सहित २ जना पक्राउ
जि.प्र.का. कैलाली असार ०६ गते,
आज मिति २०७९।०३।०६ गते १३:०० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ०२ रामजानकी टोल बस्ने बर्ष १९ को दिपेन्द्र बहादुर मल्ल र ऐ.ऐ. ०१ घर भई ऐ.ऐ. ०२ मिलन चोकमा ग्रिनलेण्ड प्लाजा संचालक बर्ष २९ को चक्र सिंह पार्कीले ला.औ. कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटीगएको बिषेश प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट निम्न अनुसारको ला.औ. (खैरो हेरोईन) र नगद समेत फेला पारी बरामद गरी बरामदी सामान र निजहरु दुबै जनालाई यस कार्यालयमा ल्याई थप अनुसनधान कार्य भइरहेको ।
निम्नः-
१. जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ०२ रामजानकी टोल बस्ने बर्ष १९ को दिपेन्द्र बहादुर मल्लको घर कोठाबाट ५ ग्राम ला.औ. (खैरो हिरोईन), नेपाली नगद रू.४६,४५०।- र भारतिय नगद रू.४,०००।- फेला परेको ।
२. ऐ.ऐ. ०१ घर भई ऐ.ऐ. ०२ मिलन चोक स्थित ग्रिनलेण्ड प्लाजाको संचालक बर्ष २९ को चक्र सिंह पार्कीको साथबाट ४ ग्राम ३०० मिलिग्राम सोही प्लाजाबाट बरामद गरेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *