निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
दोलखाका ६८ हजार मानिसले पाए कोरोना विरुद्धको बुष्टर डोज खोप

दोलखा । दोलखामा ६८ हजार बढीले कोरोना विरुद्धको बुष्टर डोज खोप लगाएका छन् ।
जिल्लाका ६८ हजार २ सय ९१ जनाले भेरोसेल र कोभिसिल्डको बुष्टर डोज खोप लगाएका हुन् । ६६ हजार ३ सय ९७ जनाले कोभिसिल्ड र १ हजार ८ सय ९४ जनाले भेरोसेलको बुष्टर डोज खोप लगाएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कोरोना विरुद्धको बुष्टर डोज खोप सबैभन्दा धेरै भीमेश्वर नगरपालिकाका १२ हजार ९ सय ५५ जनाले लगाएका छन् ।
यस्तै, जिरी नगरपालिकाका ५ हजार ९ सय ४९ जना, कालिञ्चोक गाउँपालिकाका ८ हजार ३ सय ११ जना, गौरीशंकर गाउँपालिकाका ६ हजार ५ सय ८७ जना, विगु गाउँपालिकाका ७ हजार ६ सय ८८ जनाले बुष्टर डोज खोप लगाएका छन् । यसैगरी, तामाकोशी गाउँपालिकाका ६ हजार ९ सय ७६ जना, शैलुङ गाउँपालिकाका ६ हजार ८ सय ५५ जना, मेलुङ गाउँपालिकाका ५ हजार ९ सय ७९ जना र वैतेश्वर गाउँपालिकाका ६ हजार ९ सय ९१ जनाले कोरोना विरुद्धको बुष्टर डोज खोप लगाएका हुन्। जिल्लामा ९७ हजार ७ सय ३१ जनाले कोभिड विरुद्धको पहिलो डोज खोप लगाएका थिए ।





