बर्खा अघिनै चरिकोट–जिरी सडकको कालोपत्रे सकियो, यात्रुको सास्ती हट्यो

0Shares

जिरी (दोलखा) । सडक निर्माणको काम सम्पन्न भएसँगै दोलखा सदरमुकामदेखि जिरीको यात्रा अब सहज भएको छ ।

केही वर्षयता बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्भे भएर यात्रा गर्न कठिनाई बनेको चरिकोट–जिरी सडक खण्ड स्तरोन्नतिसहित कालोपत्रेको काम सम्पन्न भएपछि चरिकोट–जिरीको यात्रा सहज भएको हो । लामा कन्ट्रक्सनले भखैरै मात्रै ३ वर्षमा चरिकोट–जिरी सडक खण्ड निर्माणको काम सम्पन्न गरेको छ । यसअघि ३ वर्षदेखि नागरिकहरु कठिन यात्रा गर्न बाध्य थिए । सो क्रममा साना सवारीका साधनदेखि यात्रुबाहक बस र यात्रुहरुले यात्रामा कठिनाई भोग्नुपरेको थियो भने सदरमुकाम चरिकोट देखि जिरी सम्मको यात्रा गर्न करिब ४ घण्टा समय लाग्ने गरेको थियो । तर, हाल सडक निर्माण सँगै सहज भएको छ । जिरी ८ का सिर्जना सुनुवार भन्नुहुन्छ ‘वर्षायाममा गाडी फस्ने र हिलाम्मे हुने तथा लामो समय लाग्ने गरेकोमा अहिले भने सदरमुकाम हुदै काठमाण्डौं जान र जिरी आउन सहज भएको छ । हाल चरिकोटबाट सवारी साधनमा सहजै करिब साँढे २ घण्टामा जिरी पुग्न सकिन्छ । चरिकोटदेखि जिरीको ५५ किलोमिटर सडक स्तरोन्नतिदेखि कालोपत्रे सम्मको काम भएको लामा कन्सट्रक्सको मेनेजर रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यद्धपी, जिरीको केही स्थानमा नाला कटिङ लगायतका काम बाँकी रहेको देखिएको छ । 

केही वर्षयता बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्भे भएर यात्रा गर्न कठिनाई बनेको चरिकोट–जिरी सडक खण्ड स्तरोन्नतिसहित कालोपत्रेको काम सम्पन्न भएपछि चरिकोट–जिरीको यात्रा सहज भएको हो । लामा कन्ट्रक्सनले भखैरै मात्रै ३ वर्षमा चरिकोट–जिरी सडक खण्ड निर्माणको काम सम्पन्न गरेको छ । यसअघि ३ वर्षदेखि नागरिकहरु कठिन यात्रा गर्न बाध्य थिए । सो क्रममा साना सवारीका साधनदेखि यात्रुबाहक बस र यात्रुहरुले यात्रामा कठिनाई भोग्नुपरेको थियो भने सदरमुकाम चरिकोट देखि जिरी सम्मको यात्रा गर्न करिब ४ घण्टा समय लाग्ने गरेको थियो ।

लामोसाँघु–जिरी सडक स्वीस सरकारले २०३१ देखि खाडीचौरबाट मर्मत शुरु गरेको थियो भने २०३४ सालमाबाट एकतर्फी सवारीसाधन सञ्चालन हुने गरी कालोपत्र गरिएको थियो । सडक निर्माण गर्न सरकारले २०७४ सालमा सडक निर्माण कम्पनी लामा कन्स्ट्रक्सनलाई दुई अर्ब २८ करोडमा निर्माण सम्झौता गरेर जिम्मा दिएको थियो । सो सडकको नाला, ग्याबिन वाल, सडक चौडा पार्ने, जोखिम न्यूनीकरणका संरचनासहित ५५ किलोमिटरकै कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो । जिल्लाको मुख्य बजार चरीकोट–तामाकोशी हुँदै मैनापोखरी, खावा तथा जिरीबजारलाई जोड्ने यो सडक ३५ वर्षपछि पुनः कालोपत्रे गरिएको हो । यो सँगै भिमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिका सम्मका नागरिक तथा आन्तरिक, बाह्य पर्यटक र आगन्तुकलाई समेत सवारी साधनमा आवतजावत गर्न सहज भएको छ । लामोसाँघु–जिरी सडकको दुरावस्थाका कारण केही वर्ष यता पर्यटकीय नगरी जिरीमा जिल्ला बाहिरका पर्यटकहरु पनि आउन छाडेका थिए ।

तर, अब भने पर्यटकहरुलाई सम्म काठमाण्डौंबाट सिधैं जिरी आउन सहज हुने भएको छ । विगतमा सगरमाथा प्रवेशद्धारको रुपमा रहेको जिरीमा विदेशीहरु समेत यही बसोबास गरेर हिमाल आरोहणका लागि जाने गरेकोमा २०७२ सालको विनाशकारी भुकम्प र खाडिचौर–मुडे–चरिकोट तथा जिरी सडक व्यवस्थित नहुँदा आउन छाडेका थिए । कालोपत्रे सहितको सडक निर्माणसँगै फेरी पनि जिरीमा पर्यटक भित्रिने आशा पलाएको जिरीका होटल व्यवसायिहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *