नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
जंगल गएको विगु ६ का एक बृद्ध मृत फेला ।

दोलखा । जंगलमा दाउरा खोज्न गएका दोलखाको विगु गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् ।
विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका ७२ वर्षिय सुगजित थामी जंगलमा मृत फेला परेका हुन् । घरमा आगो बाल्ने दाउरा नभएपछि हिजो दिउँसो जंगलमा दाउरा खोज्न गएका उनी अवेरसम्म घर नफर्किएपछि स्थानीयले खोजीकार्य सुरु गरेका थिए । खोजी गर्नेक्रममा उनको भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको विषयमा साँझ मात्रै खवर आएकाले रातिको समयमा प्रहरी घटनास्थलमा जान सकेको थिएन । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।





