दोलखामा एक महिनाको अवधिमा ७ वटा सवारीसाधन दुर्घटना
2024-10-17जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा ६९औं प्रहरी दिवस भव्य रूपमा सम्पन्न ।।।
2024-10-17
Friday, October 18, 2024
जंगल गएको विगु ६ का एक बृद्ध मृत फेला ।
दोलखा । जंगलमा दाउरा खोज्न गएका दोलखाको विगु गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् ।
विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका ७२ वर्षिय सुगजित थामी जंगलमा मृत फेला परेका हुन् । घरमा आगो बाल्ने दाउरा नभएपछि हिजो दिउँसो जंगलमा दाउरा खोज्न गएका उनी अवेरसम्म घर नफर्किएपछि स्थानीयले खोजीकार्य सुरु गरेका थिए । खोजी गर्नेक्रममा उनको भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाको विषयमा साँझ मात्रै खवर आएकाले रातिको समयमा प्रहरी घटनास्थलमा जान सकेको थिएन । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।