सरकारी कार्यालयमा खाजा समय आधा घण्टामा सीमित

0Shares

सरकारी कार्यालयमा खाजा समय आधा घण्टामा सीमित

काठमाडौँ। सरकारी कार्यालयहरूमा अब खाजा समय एक घण्टाबाट घटाएर आधा घण्टा मात्र हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जालमार्फत १:३० देखि २ बजेसम्म खाजा समय निर्धारण गरिएको जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओलीले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असुविधा भएको गुनासो आइरहेको बताए। उनले भने, “खाजा खानुपर्छ, तर यसका नाममा कार्यालयको काम ढिलो हुनु हुँदैन।”

साथै, उनले खाजा समयको उल्लंघन भएमा “हेल्लो सरकार”मा गुनासो गर्न अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *