मधेशमा तीजसँगै चौर्चनको तयारी ।।।

0Shares

मधेशमा तीजसँगै चौर्चनको तयारी ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ १९ । सिराहा जिल्ला लगायत मधेश प्रदेशका जिल्लाहरुमा चौरचनको तयारी पूरा भएको छ ।

प्रत्येक वर्ष भदौ शुक्लपक्षको चौथीका मनाइने यस पर्व खासगरी मधेशी समुदायमा विशेष महत्वका साथ विधिपूर्वक ब्रत बसी मनाउने गरिन्छ ।

यस पर्वको लागि चाहिने नयाँ माटोको भाडाहरु बजारबाट किनेर ल्याई निष्ठापूर्वक पूजा कोठामा राखेर पर्वको समयमा आवस्यक विधि गरिन्छ ।

तीजको रमझम सँगै यतिबेला पर्व विशेष कार्यक्रम गाउँ गाउँमा जारी रहेको छ । तीज विशेष कार्यक्रम अन्तर्गत धनगढीमाई नगरपालिकामा समेत तीजका अवसरमा आयोजित कार्यक्रममा महिलाहरुको उलेख्निय सहभागिता रहेको थियो ।

यस पर्वमा परिवारका एक सदस्य खासगरी महिला दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत तवरले पर्व सम्पन्न गर्ने गर्दछन् ।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने परम्परा रहेको छ ।

पूजाको सामग्रीमा नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाई, नरिवल, केरा, पुरी लगायतका सामग्री राखेर पूजा गरिन्छ ।

खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसम अनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि पर्व सम्पन्न गरिन्छ ।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *