मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
पूर्ण कुमार योन्जन राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नियुक्त ।।।
पूर्ण कुमार योन्जन राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नियुक्त ।।।
विनोद मण्डल, भदौ १० । सिरहा जिल्लाको साविक धनगढी गा.वि.स. वडा नम्बर ८ हालको धनगढीमाई नगरपालिका वडा नम्बर ९ निवासी तथा अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी र वरिष्ठ प्रशिक्षक पूर्ण कुमार योन्जनलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तेक्वान्दो खेलका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । योन्जनलाई २०८१ भदौ ७ गतेदेखि उक्त जिम्मेवारी सुम्पिएको हो ।
२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योञ्जन हाल सिरहा जिल्ला खेलकुद विकास समितिमा नायब वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत रहँदै आएका थिए ।
धनगढीमाईस्थित खेखुदको क्षेत्रमा उनले पुर्याएको योगदानको कारण यहाँका खेलाडीहरूले आआफ्ना प्रतिभा देखाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सहज भएको छ । खेलाडीहरुमा अनुशासन, सामाजिक मर्यादा कायम गराउनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका योञ्जन भद्र, सालिन छविका कारण खेलाडीहरुका समेत प्यारो मानिन्छन् ।
योन्जनले आफ्नो उत्कृष्ट खेल र प्रशिक्षकको भूमिकामा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उल्लेखनीय योगदान पुर्याएका छन् । उनले अघिल्लो पदमा नायब वरिष्ठ प्रशिक्षक अधिकृत द्वितीयको रूपमा कार्यरत रहँदै तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण भुमिका खेलेका थिए । अब, नयाँ जिम्मेवारीमा, उनले तेक्वान्दो खेलको रणनीति, तालिम र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
उनको यो नियुक्तिले तेक्वान्दो खेलको भविष्य उज्ज्वल र प्रतिस्पर्धात्मक बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।





