पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सशस्त्र प्रहरी बल नेपालले १३० केजी अवैध रक्तचन्दनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

0Shares

थाङ्मीचागु डटकमसम्बादाता १० भदौ २०८१

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सशस्त्र प्रहरी बल नेपालले १३० केजी अवैध रक्तचन्दनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। आइतबार बिहान २ बजे प्रमोद गिरीको घरमा लुकाइ राखेको रक्तचन्दनसहित उनलाई नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल, नेपाल २६ नम्बर गढ, नवलपरासीबाट खटिएको टोलीले महेशपुर भन्सार कार्यालय र नेपाल प्रहरीको उपस्थितिमा गिरीको घरमा खानतलासी गर्दा ८१ थान चिरान रक्तचन्दन बरामद गरेको थियो।

जानकारहरूका अनुसार, नेपालमा अवैध रुपमा रक्तचन्दनको कारोबार प्रति केजी रु. १५०००/- मा हुने गर्छ, जसअनुसार बरामद गरिएको रक्तचन्दनको अनुमानित मूल्य रु. १९,५००००/- हुन आउँछ। पक्राउ परेका गिरी र बरामद रक्तचन्दनलाई डिभिजन बन कार्यालय, परासीमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *