वडा अध्यक्ष तामाङको सक्रियतामा खानेपानी समस्या समाधान

0Shares

वडा अध्यक्ष तामाङको सक्रियतामा खानेपानी समस्या समाधान ।।।

थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ ७ । सिरहा जिल्लाको धनगढीमाई-१३ स्थित दूरबिन डाँडामा स्थानीयले खानेपानीको चरम अभाव भोग्दै आएको समस्या समाधान भएको छ । वडा अध्यक्ष सूर्यमान तामाङको पहलमा स्थानीय खानेपानी आयोजना सञ्चालनमा आएको छ ।

चार महिनादेखि खानेपानीको अभाव भोग्दै आएका स्थानीयले कुवा, खोला लगायतका स्रोतबाट पानी संकलन गर्दै आएका थिए । सरे खोलाको किनारमा रहेको ईनारबाट विद्युत मोटरको मद्दतले ट्यांकीमा पानी जम्मा गर्दै दैनिक आपूर्ति गरिँदै थियो, तर मोटर बिग्रिएपछि पानी आपूर्ति ठप्प भएको थियो ।

अवस्थाको सुधारको लागि वडा अध्यक्ष तामाङले युनिसेफलाई मोटरको माग गर्दै सहयोग प्राप्त गरे । यसपछि, नेपाल विद्युत प्राधिकरण लाहान शाखासँग निवेदन गरेपछि आवश्यक प्राविधिक जडान कार्य सम्पन्न गरिएपछि आज दिउँसो ३ बजेदेखि, दूरबिन डाँडामा खानेपानी पुनः सञ्चालनमा आएको छ ।

खानेपानी आयोजना ठप्प भएपछि करिब ४० घरधुरीका स्थानीयहरू निराश थिए । स्थानीय पत्रकारद्वारा वस्तुस्थिति सार्वजनिक गरिएपछि विभिन्न निकायले गम्भीरता देखाए ।

वडा अध्यक्ष तामाङको निरन्तर प्रयासपछि, खानेपानी आपूर्ति पुनः सामान्य अवस्थामा आएको छ ।

अध्ययन र अनुगमनका लागि नेपाल विद्युत प्राधिकरण लाहान शाखा र वडा अध्यक्षको टोलीले सरे खोलाको किनारमा रहेको बिजुली बत्ती, ट्रान्सफर्मर र ट्यांकीको स्थलगत अनुगमन गरेका छन् ।

स्थानीयवासीहरूले खानेपानी पुनः सञ्चालन भएपछि खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *