थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
पोखरा देखि काठमाडौं आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीमा खसे , ४० जना यात्रु प्रभावित ।।।
पोखरादेखि काठमाडौं आउँदै गरेको भारतीय बस मर्स्याङ्दी नदीमा खसे , ४० जना यात्रु प्रभावित ।।।
थाङ्मिचागु डट कम संवाददाता , भदौ ७ २०८१ । पोखराबाट काठमाडौंको लागि छुटेको एक भारतीय बस आज बिहान मर्स्याङ्दी नदीमा खसेको छ। बसमा ४० जना यात्रु सवार थिए ।
तनहुँको मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार १२ :५५ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
प्रारम्भिक जानकारी अनुसार, बसको चालकले गाडी नियन्त्रण गुमाउँदा घटना भएको बताइएको छ ।
घटनास्थलमा उद्धार कार्य जारी छ र घाइते यात्रुहरूको स्वास्थ्य स्थिति जाँच भइरहेको प्रहरीले जनाएको छ ।
थप विवरण र घटनाका कारणहरूको विवरणको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




