नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
चरिकोटमा सवारी दुर्घटना, एक युवकको मृत्यु

दोलखा । चरिकोट– जिरी सडक खण्ड अन्तर्गत गौरीशंकर बालगृह नजिकैको सडकमा योद्धा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
आज बिहान योद्धा गाडी र मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना हुँदा भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका उमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाईते भएका थिए । उनलाई तत्कालै घटनास्थलबाट उद्धार गरी पशुपति चौँलागाई स्मृति अस्पताल चरिकोटमा ल्याइएकोेमा चिकित्सकहरुले मृत घोषणा गरेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मृतक श्रेष्ठकी श्रीमती ३२ वर्षीया सजिता श्रेष्ठ घाईते भएकी छिन् । उनको पशुपति चौँलागई स्मृति अस्पतालमा उपचार भइरहेको छ । हाल सजिताको अवस्था सामान्य रहेको छ ।
आज विहान चरिकोटबाट तामाकोशीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१०२४ च ५९१९ नम्बरको योद्धा गाडि र तामाकोशीबाट चरिकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना भएको हो । ठक्कर दिने योद्धा गाडिका चालक विगु गाउँपालिका वडा नम्बर ६ का यम बहादुर थामीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।





