साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन– महेश बस्नेत

0Shares

साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन– महेश बस्नेत

थाङ्मीचागु डटकम संवाददाता
बिहीबार, २४ साउन २०८१
काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ ईन्चार्जलाई स्वागत तथा पुरानो ईन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले देशमा राजनीतिक स्थिरता दिनका लागि कांग्रेस–एमालेबिच सत्ता सहकार्य भएको बताए । उनले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताए ।

उनले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिवद्ध भएको पनि बताए । उनले निर्वाचनसँग सम्बन्धित कानूनहरुलाई संशोधन गरेर जाने बताए । उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । 

कार्यक्रममा बोल्दै नेकपा (एमाले) का केन्द्रिय सदस्य राजिव पहरीले ०८४ सालको निर्वाचन अगाडीसम्ममा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । उनले ०८४ को निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने गरी पार्टी अघि बढेको बताए । उनले युवाहरुलाई सोही योजना अनुरुप परिचालन गरिने बताए ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले युवाहरुलाई सकारात्मक विचारसहित अगाडी बढाएमा देशको विकास र समृद्धि सम्भव हुने बताए । उनले युवाहरुलाई आत्मनिर्भरताको बाटोमा लानुपर्ने भन्दै आफ्नो कार्यकालमा एक हजार युवाहरुलाई उद्यमी बनाउने र ५० हजारलाई रोजगारी सिर्जना गर्ने बताए ।

महेश बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *