पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन” हिरा थामी ( कोहिनूर) सिन्धुपाल्चोक

0Shares

” वातावरण जोगाऔ”

पर्यावरण नै राम्रो भए
वातावरण नै राम्रो हुन्छ
तब मात्र तपाईं हाम्रो
नैसर्गिक अधिकार प्राप्त हुन्छ

एउटा रुख काटेमा
पाँच ओटा बिरुवा रोपौ
वातावरण संरक्षणमा
हामी सदैव टेवा पुर्याऔ

वृक्षरोपण गरेमा हुन्छ
स्वच्छ अक्सिजन प्राप्ति
विनाश गरेमा सहनुपर्नेछ
प्राकृति प्रकोपको विपत्ति

वातावरण जोगाउनुपर्छ
तपाईं हामी मिलेर
विविध प्रदुषण सामना
नत्र जिम्मेवारीलाई भुलेर

वातावरण जोगाउ अभियानमा
रहनुपर्छ हाम्रो एक्यवद्धता
अनेकतामा एकता यही त
होनी नेपालको विविधता

वातावरण जोगाउने अभियानमा
रहनुपर्छ हृदयमुखी वन्दना
विश्व वातावरण दिवसको
हार्दिक शुभकामना ! शुभकामना !!

सन्दर्भ : विश्व वातावरण दिवस
नारा: “पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन”
slogan :” Living Sustainably in Harmony with Nature”
२०७९/०२२०
हिरा थामी ( कोहिनूर)
सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *