पत्रकारिताका खम्बा गुप्ताले प्रसाईलाई दिए खुल्ला दनक ।।।

0Shares

पत्रकारिताका खम्बा गुप्ताले प्रसाईलाई दिए खुल्ला दनक ।।।
थाङ्मीचागु डट कम संवाददाता।
२०८० माघ ४ । मधेशको पत्रकारितामा परिवर्तनका संवाहक तथा पत्रकारिताका बाद शाहका रूपमा चिनिने नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता आँटिला पत्रकार हुन् ।

समाजका विकृति र विसंगतिको खुलेर विरोध गर्ने साहासिक ब्यक्तित्व गुप्ताले माघ २ गते लाहान १ स्थित पूर्व पश्चिम राजमार्गको उत्तर छेउमा रहेको बस पार्कमा बैंक वित्तीय कर्जा पीडित ब्यबसायी कल्याण संघ , संघर्ष समिति लाहान सिरहाको आयोजनामा भएको कार्यक्रममा दुर्गा प्रसाईले उद्योग बाणिज्य संघ लाहान सिराहाका अध्यक्ष विकास शारडा माथि लक्षित गर्दै “यी लहानको उद्योग बाणिज्य संघको अध्यक्षलाई घोप्टो पारेर लातिले अहिले हान्नुस,कालो मोसो दल्नुस ” जस्ता गैर जिम्मेवारी अभिव्यक्ति सार्वजनिक रूपमा दिएपछि उद्योग बाणिज्य संघ सिरहाको गम्भीर ध्यानाकर्षण भएको छ ।

उद्योग बाणिज्य संघको आयोजित पत्रकार सम्मेलनमा दुर्गा प्रसाईलाई दिनेश्वर प्रसाद गुप्ताले लहानको व्यापारी माथि औंला उठाउने प्रयास गरेकोले व्यापारीहरूले देशबाट प्रसाईलाई लखेट्ने बताउनु भएको छ । उनले अघि थप्दै भने प्रसाईमा नत राजनीतिक ज्ञान छ नत बौद्धिकता ।

प्रसाई अरबको पैसा खाएर भागेको व्यक्ति भएको , उनले माओबादी जनयुद्ध कालमा रक्तचन्दनको व्यापार गर्ने खुल्ला गुण्डा बताउनु भएको छ ।

सार्वजनिक रूपमा गैरजिम्मेवारी अभिव्यक्ति दिएपछि उनी विरुद्ध उजुरीको तयारीमा लहानको सबै व्यापारीहरु रहेको समेत गुप्ताले बताउनु भएको छ ।

वास्तवमा लाहान विगतमा मधेश आन्दोलनको लागि उर्वर भूमि भएको यथार्थ ताज़ा रहेको छ, लाहानमा प्रसाईले तथानाम गाली गलौज गरेको शब्दले उनिमा अराजक नीति भएको स्पस्ट रूपमा बुझ्न सकिन्छ ।

उनलाई लहानबाट पूर्व अध्यक्ष गुप्ताले लहानको भूमिलाई चिनेर अगाडि बढ्न खुल्ला चुनौती समेत दिनु भएको छ ।

बेमौसमी बाजाझै बज्ने प्रसाईलाई खुल्ला चुनौती मधेशको भूमिबाट दिने पहिलो व्यक्तिको रूपमा रहेको गुप्ताले प्रसाईलाई सजिलै तह लगाउन सक्ने आँटिला ब्यक्तित्व हुन् ।

स्मरण रहोस् मधेश आन्दोलनलाई तार्किक निष्कर्षमा पुगाउनका लागि गुप्ताको अमूल्य योगदान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *