नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
Wednesday, October 7, 2026
टुक्का कविता पुष्पा राई,खाेटाङ।
टुक्का कविता
पुष्पा राई, खाेटाङ।
१.
मलाई मेरो देश फेरिएको हेर्न मन छ,
एक जुट भई अघि बढे सम्भव छ भन्छ।
२.
कहिले सम्म अल्मलिने खिचातानी गर्दै,
देशको लागि मिलेर बढौँ उत्साह भर्दै।
३.
शिक्षा व्यवहारिक र सिपमुलक बन्नु पर्छ,
त्यसले मात्रै युवा बेरोजगारको हल गर्छ।
४.
नत्र युवा मेनपावरको चक्करमा हुन्छ,
देशले अत्ति नै गरिवीको रेखालाई छुन्छ।
पुष्पा राई, खाेटाङ।





