मलेसिया स्थित कोलालम्पुरमा गुरुङ (तमु)हरुको ल्हो लोसार भव्यताका साथ सम्पन्न भएको छ ।।।

0Shares

मलेसिया स्थित कोलालम्पुरमा गुरुङ (तमु)हरुको ल्हो लोसार भव्यताका साथ सम्पन्न भएको छ ।।।
थाङ्मिचागु डट कम संवाददाता
सन्तोष ठान्टी थाङ्मी
मङ्गलबार १७ पुष २०८०

गुरुङ (तमु) हरुको महान् चाड तमु ल्होसार २०८० विभिन्न सांस्कृतिक कार्यक्रमका सहित सम्पन्न भएको छ । तमु समाज मलेसियाको आयोजनामा वार्षिक रूपमा मनाउँदै आएको ल्होसार यसपालि जनवरी १ मा मनाइएको हो । वर्गको आधारमा उमेर गणना गर्ने तमु समुदायले बिरालो वर्ग को बिदाइ र ( मुप्री) ल्वो (गिद्ध बर्गको) आगमन) को स्वागत गर्दै मनाएका हुन् ।

उक्त कार्यक्रम तमु समाज मलेशियाको अध्यक्ष समीर गुरुङ ज्युको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रवास मलेसियाको राजदूत महामहिम दिल्लीराज पौडेल, विशिष्ट अतिथि सफल व्यवसायी समाजसेवी MNO-DGG मलेशियाका अध्यक्ष GB गुरुङ
विशेष अतिथि सफल व्यवसायी संरक्षक MNO-DGG संगठनको सल्लाहकार बल बहादुर गुरुङ नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाका अध्यक्ष बिपिन राई,एनआरएनए मलेशियाका अध्यक्ष बिनोद थापा अतिथिहरूमा मलेसिया स्थित विभिन्न जाति समुदाय सामाजिक राजनीतिक पार्टीका प्रतिनिधिज्यूहरू राष्ट्रिय कलाकार र स्थानीय कलाकार र अनलाइन मिडियाकर्मीहरू रहेका थिए।

प्रमुख अतिथि मलेसियाको राजदूत महामहिम दिल्लीराज पौडेल र संस्थाको अध्यक्ष समीर गुरुङले पानसमा दीप प्रज्वलन गर्दै ल्वो ल्होसारको उद्घाटन गर्नुभएको थियो।

गुरुङ समुदायले विभिन्न १२ जीवजन्तुको चक्रलाई आधार मानेर नयाँ वर्षको रूपमा ल्होसार मनाउने गर्छन् । ल्होको अर्थ वर्ग र सारको अर्थ नयाँ हुन्छ । त्यसैले ल्होसारलाई गुरुङहरुले नयाँ वर्षको रूपमा मनाउँछन् ।

कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावलाई स्वागत गर्नुहुँदै तमु समाज मलेसियाको अधिकारी दीप प्रेम क्रोम्छे तमुले स्वागत मन्तव्य राख्नुको साथै । ल्वो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबिच, संरक्षक,सफल,व्यवसायी समाजसेवी MNO-DGG को सल्लाहकार बलबहादुर गुरुङले, ल्होसारको शुभकामना दिदैं, ल्होसार पर्वले गुरुङहरूको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताउनुभयो ।

तेस्तै MNO-DGG मलेसियाका अध्यक्ष समाजसेवी सफल व्यवसायी GB गुरुङज्यूले ल्होसार पर्वले, तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच एउटा सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै गुरुङले, तमुहरु मात्र नभएर सम्पूर्ण अहिन्दु मुलबासी भुमीपुत्राहरु एकता हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

गुरुङले नेपाल सरकारप्रति असन्तुष्टि व्यक्त पनि गर्नुभयो ।
नेपाल बहुजाति बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक भएको मुलुक हो । त्यसैले राज्यले सबै सबै भाषिक सम्प्रदायलाई लाई एकनास सम्मान व्यवहारले हेर्नुपर्छ । राज्यको कुनै धर्म हुँदैन त्यसैले राज्य जहिले पनि निरपेक्षता हुनुपर्छ। वर्तमान अवस्थामा नेपाल लोकतन्त्र संघीयता गणतन्त्र धर्मनिरपेक्षता भए पनि नेपालको अहिन्दु मूलवासी मंगोल समुदायलाई हेर्ने दृष्टिकोण धेरै नै फरक रहेको छ ।

नेपालको अहिन्दु मूलबासी मङ्गलहरूले पाउने अधिकार सुनिश्चित भएको छैन। ए लोसारमा उधौली उभौलीमा अन्य मूलबासीहरूको सांस्कृतिक पर्वहरूमा दिइने छुट्टी पनि कहिले कटौती गर्ने कहिले दिने यो एउटा खेलासी जस्तो भएको छ। र यसको लागि सम्पूर्ण नेपालको अहिन्दु मूलवासीहरुले एकताको आवाज उठाएर राज्यलाई दबाब दिनु जरुरी छ।

हिजो के भएको थियो, त्यसमा अल्झेर नबस्न आग्रह गर्दै उहाँले, सम्पूर्ण तमुहरूलाई लगायत अन्य मूलबासीहरूलाई पनि एक ढिक्का बनाएर लैजान गुरुङ समाज सधैँ प्रयत्नरत रहेको दाबी गर्नुभयो । विदेशको ठाउँमा आएर सबै जना मिलेर बस्नुपर्नेमा जोड दिँदै उहाँले, केही असमझदारी भएमा टेबलमा बसेर बसेर छलफल गरी समाधान खोज्न र तमु मूलवासी एकताको लागि पहल गर्न सबै गुरुङहरूलाई अनुरोध गर्नुभयो ।

कार्यक्रमको अध्यक्ष समिर गुरुङले ल्होसारको शुभकामना दिँदै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै राष्ट्रिय कलाकार र स्थानीय कलाकार, भोलेन्टियर र उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।

बिहान १० बजेदेखि साझा ०६ बजेसम्म चलेको कार्यक्रममा राष्ट्रिय खेती प्राप्त कलाकार उषा गुरुङ र शीतल गुरुङले बेजोड प्रस्तुति गर्नुभएको थियो। र २० बढी स्थानीय कलाकारहरूले विभिन्न मौलिक, सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा, गुरुङहरूको मौलिक, सांस्कृतिक, परम्परागत नृत्यहरू पच्यु, घ्याब्री, र छयाडु, कौडा लगायत नृत्य प्रस्तुत गरिएको छ । पच्यु नृत्य खास गरी पच्युहरुले विभिन्न संस्कारहरू सम्पन्न गर्ने गरिन्छ ।

गुरुङहरूले शुभ कर्म, विवाह भोज, पूजाआजा, मरौँ, दुख पर्दा पच्युहरुले विधिपूर्वक संस्कार गर्ने चलन छ । त्यस्तै, घ्याब्री नृत्य खास गरी थासो फाल्ने र नराम्रो पन्छाउने र ग्रहशान्ति गर्ने र शुद्ध गर्नको लागि यो नृत्य गर्ने गरिन्छ । यो घ्याब्री नृत्य खास गरी शुभ कार्यहरू गर्नुपूर्व मन्छाउने गरिन्छ । त्यस्तै, छ्याडु नृत्य खास गरी कसैको घरमा मरौँ पर्दा, दुख पर्दा अर्घौ गरेको बेलामा अर्घौ गर्ने गरिन्छ । अर्घौ खास गरी ३ दिनसम्म गर्ने गरिन्छ । मृतआत्माको स्वर्गबास होस र शोकाकुल परिवारको मनोबल बडाउनको लागि अर्घौको दोस्रो दिनमा घ्याब्री नृत्य गरिने चलन छ ।

कार्यक्रम सुरुदेखि नै हलमा खचाखच दर्शकलाई उद्घोषकद्वय उर्मिला गुरुङ र गुरुङको प्रस्तुतिले अन्त्य सम्म नै अड्याउन सफल भएको थियो ।

तपाईँलाई कस्तो लाग्यो पढेर प्रतिक्रिया दिनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *