मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
साहासिक यात्राका निडर पात्र शिवदयाल यादब ।।।
साहासिक यात्राका निडर पात्र शिवदयाल यादब ।।।
विनोद मण्डल, साउन १२ । समाजका विकृति , विसंगति र भ्रष्टाचारको खुलेर बिरोध गर्दै आएका व्यक्तिको रूपमा परिचित शिव दयाल यादव नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव हुन ।
आफ्ना कलम मार्फत समाजका विरोधी तत्वहरूका वारेमा आवाज उठाउने साहासिक व्यक्तित्व यादवको दूरदर्शिता र पारदर्शिताका पाईलाहरु देखेर जल्दै उनको साहासिक कदमलाई रोक्नका लागि र समाजलाई दिग्भ्रमित पार्नका लागि केही तत्वहरू सिरहामा विगतका दिनदेखि सक्रिय भइरहेको अवस्था रहेको अनुमान लगाउन सकिन्छ ।
हरेक परिस्थितिलाई नजिकबाट बुझेर ,नियालेर समाजका बेथितिका बारेमा खुलेर आफ्ना कलम चलाउँदै आएका उनको साहासिक कदमलाई सबैले बुझेका हुनाले उनको धैर्यता दिनानु दिन बढिरहेको अवस्था एकातिर देखिन्छ भने अर्कोतिर उनमा समाज विरोधी तत्वको बारेमा खुलेर बिरोध गर्ने क्षमताको विकास भएको सहजै अनुमान लगाउन सकिन्छ ।






