मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
Wednesday, July 8, 2026
आजकै दिन : ‘एके–४७’ उत्पादन सुरु
आजकै दिन : ‘एके–४७’ उत्पादन सुरु
असार २१, २०८० थाङ्मीचागु टक कम संवाददाता
काठमाडौँ — सन् १९४७ मा आजकै दिन (जुलाई ६) मा ‘एके–४७’ राइफलको उत्पादन सुरु भएको थियो । यो हतियार प्रतिकूल मौसममा पनि प्रभावकारी मानिन्छ । मिखाइल कलास्निकोभले आविस्कार गरेको राइफल विश्वमा सबैभन्दा बढी प्रयोगमा आएको हतियार हो । यो ग्यासबाट सञ्चालित एसल्ट राइफल हो ।
आधिकारिक नाम ‘अभ्टोमट कलास्निकोभ’ रहेको राइफलको डिजाइन १९४५ मै सुरु गरिएको थियो । त्यसको दुई वर्षपछि उक्त हतियार परीक्षणका लागि सेनाले प्रयोगमा ल्याएको थियो । हालसम्म एके–४७ का करिब १० करोड फरकफरक भर्जन प्रयोगमा आइसकेका छन् ।
रुसको कुर्यामा १९१९ को नोभेम्बर १० मा जन्मिएका कलास्निकोभ एके–४७ बनाएपछि रुसी सरकारबाट सम्मानित भएका थिए । उनको २०१३ को डिसेम्बर २३ मा मृत्यु भएको थियो ।





