नेपालको दुःखमा श्रीलंकाको साथ १० लाख अमेरिकी डलर मानवीय सहायता घोषणा
2026-08-29नुवाकोटका बाढीपीडितलाई बराहक्षेत्रबाट राहत, वडाध्यक्ष गुरुङसहित समाजसेवीको सराहनीय पहल
2026-08-29
खडेरीका करण नवलपरासीका किसान चिन्तित
खडेरीका करण नवलपरासीका किसान चिन्तित
सुरेश यादव,नवलपरासी/असार ३ ।
पश्चिम नवलपरासीका किसानहरु खडेरीका कारण चिन्तित भएका छन् । असार लागिसक्यो तैपनि पानी नपरेकाेले किसानहरु चिन्ता व्यक्त गरेका छन् । नवलपरासीका किसानहरु अधिक्तम कृषि पेसा मै निर्भर हुने गरेकाले खेतमा छरेका बिउ पानी नपर्दा सुक्न थालेकाे किसाहरुले बताउँछन् ।
उता नवलपरासीको पाल्हिनन्दनमा किसानहरु चर्काे घाममा एक सातादेखि राेपाइ गरिरहेका छन् । चर्काे घाममा राेपाइ गरेका धान पानी नपाउदा खेतमै सुक्न थालेकाे छ । राेपाइ गरेकाे खेत ध्वजा फाट्न थालेकाले किसानहरु निरास बनेका छन् ।
समयमा पानी नपर्दा खाेला,नाला र बाेरिङ्गहरुमा पनि सुक्न थालेकाेले छरेका बिउ पनि खेतमा सुक्दै गएकाे किसानहरुले बताउँछन् । देशका अधिकान्स जिल्लाहरुमा पानी नपर्दा किसान मारमा परेका छन् । साथै लुम्बिनी प्रदेशमा अझै केहि दिन पानी नपर्ने माैसम पुर्व अनुमान महाशाखाले जनाएको छ ।






