मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि द्वारा सार्वजनिक सुनवाइ
आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि द्वारा सार्वजनिक सुनवाइ

सुरेश यादव,नवलपरासी/ जेठ २० ।

रुपन्देहीको राेहिणी गाउँपालिका वडा नं ६ बाेडवारमा रहेकाे आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालिले आज सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।

आनन्द फुड्स एण्ड एग्राे इण्डस्ट्रिज प्रालि का संचालक मान बहादुर यादवकाे अध्यक्षतामा
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको अनुदानमा गाेबर प्रशाेधन मेसिन वितरण र साथै गाेठ निर्माण तथा गाई पालन गर्न अनुदान उपलब्ध गराएकाे विषयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे हाे ।

पशु फर्ममा हाल ३०० थान गाई रहेका छन् भने साढे दुई विगहामा गाई पालन गरिएको संचालक मान बहादुर यादवले जानकारी दिनुभयाे । साथै पशुहरुकाे लागि १० बिगहामा घास लगाईएकाे व्यवस्थापक रामचन्द्र सहानीले बताउनुभयो । गाईहरुकाे दुध मिल्क पार्लरबाट निबाल्ने गरिन्छ भने पशुहरुलाई खाने अर्गानिक दाना,घास मात्र दिने गरिनुकाे साथै जैविक मल समेत उत्पादन हुने गरेकाे संचालक यादवले बताउनुभयो ।

उक्त पशु फर्ममा १० जना कामदारहरु रहेका छन् । कार्यक्रममा राेहिणी गाउँपालिकाका पशु सेवा विकास अधिकृत ओमप्रकाश ठाकुर,सामुदायिक रडियाे परासीका सुरेश यादव,प्रहरी चाैकी पिप्रहवाका प्रहरी हवल्दार मुक्ति यादव लगायत स्थानीयहरुकाे उपस्थिति रहेकाे थियाे ।





