मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
प्राथमिक स्वास्थ्य केन्द्र कोहल्वीमा २४ घण्टा सेवा सुरु

कोहल्वी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आज बुधबारदेखि २४ घण्टा आकस्मिक र प्रसूति सेवा सुरु गरेको छ । नगरपालिकाले बुधबार कार्यक्रमको आयोजना गरेर २४ घण्टा प्रसूति तथा आकस्मिक सेवा सुरु गरेको जनाएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा ओपिडी, एक्स-रे, ल्याब, गर्भवती महिलाहरूका लागि भिडियो एक्सरेसहित सम्पूर्ण सेवा, सर्वदंश र रेबिजको उपचार हुने डाक्टर मुकुन्द यादवले बताए ।
नगरवासीलाई २४ घण्टा स्वास्थ्य सेवा दिन कोहल्वी नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई आलोपालो खटाउने भएको छ । ‘अहिले हामीसँग २ जना मेडिकल अधिकृतहरु मात्रै हुनुहुन्छ, थप ३ जना मेडिकल अधिकृत भए भने हामीले गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्छौं’ डा। यादवले भने ।
कोहल्वी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ सैं घण्टा सेवा प्रदान गर्न प्रदेश सरकारबाट ल्याब अनुदानमा प्राप्त भएको र नगरपालिकाले एक्स-रे मेसिनको व्यवस्था गरेको बताए ।
‘म गत वर्ष निर्वाचित भएलगत्तै यहाँका बिरामी कलैया, वीरगन्ज, हेटौंडा जान नपरोस् भनेर घोषणा गरेको थिए । आज निर्वाचित भएको १ वर्षको अवधिमा जनतालाई हामीले यो सेवा सुरु गरेका छौं’ नगरप्रमुख चौधरीले भने ।





