थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
आज ध.न.पा.का नगर प्रमुख श्री शिव शकर महताे ज्यू
आज ध.न.पा.का नगर प्रमुख श्री शिव शकर महताे ज्यू वडा नम्बर १४ का वडाअध्यक्ष श्रीअमित ठकुरी ज्यू लगाएत बुद्धिजिविहरुकाे भेलाबाट सुधारियकाे चुल्हाे बितरण कार्यक्रम सुरुवात गरिएको छ ।
धुवाँरहित चुलो वितरण कार्यक्रम जारी ।।।
विनोद मण्डल वैशाख २० । सिरहाको धनगढीमाई १४ मा धुवाँरहित चुलो वितरण कार्यक्रम जारी रहेको छ ।
वाडा कार्यालयको परिसरमा आज करिब १२.३५ बजेको समयमा नगरप्रमुख शिवशङ्कर महतो ज्यूले चुल्हो वितरणको प्रारम्भ गरेपछि वितरण थालिएको हो ।
वाडाको विश्राम कक्षमा औपचारिक कार्यक्रम गरी बातावरण संरक्षण केन्द्र नेपाल चन्द्रपुर रौतहटका जिल्ला संयोजक अशोक कुमार यादवले चुरे संरक्षण आशयका साथ चुरे क्षेत्र अन्तर्गत रहेका धनगढीमाई १२,१३ र १४ नम्बर वडाहरूका बस्तीहरूमा चुल्हो वितरण कार्यक्रम सिरहामा पहिलो पटक थालिएको बताए ।
थोरै दाउराको प्रयोग गरेर खाना पकाउन सकिनुका साथै उठाएर एक ठाउँबाट अर्को ठाउँमा सजिलै लान सकिने यस कार्यक्रमले वाडा बासीहरु खुशी भएको स्थानियहरु बताउँछन् ।
वाडा अध्यक्ष अमित ठकुरी आफै विकास प्रेमी भएको कारण वडामा यतिबेला विकासका लहरहरु क्रमिक रुपमा अगाडि बढेको अवस्थाका कारण सकारात्मक अनुभव गरिएको छ ।
चुल्हो वितरण कार्यक्रमलाई अगाडि बढाउनका लागि स्थानीय नेता दिलीप लामा समेत वाडा कार्यालय पुगेर कार्यक्रमलाई अगाडि बढाउन सहयोग गरेका हुन ।
चुल्हो वितरण कार्यक्रम समापन सँगै प्रत्येक घरमा गएर चुल्होको अवस्थाको बारेमा जानकारी लिने वितरक संस्थाले जनाएको छ ।
वितरित चुल्हो ५ वर्षसम्म बिग्रिएको खण्डमा संरक्षण गर्ने बताईएको छ ।
वितरक संस्थाले यसले चुरे संरक्षणमा सहयोग पुग्ने दाबी गरेका हुन ।
चुल्हो लिनका लागि भौगोलिक रूपमा विकट मानिएको यस वडाका स्थानीय बासिन्दाहरू विभिन्न टोल बस्तीहरुबाट आएर चुल्हो लिएर गएका छन् यद्यपी चुल्हो वितरण कार्यक्रम जारी रहने बुझिएको छ ।
ई. पि. सि. नेपालको सहयोगमा सुधारिएको नाम दिइएको चुल्हो स्वच्छ विकास संयन्त्र र हरित गृह ग्याँस उत्पादन कटौतीमा कमी हुने उद्देश्यका साथ आज चुल्हो वितरण कार्यक्रमको शुरुवात गरीएको हो ।





