नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
प्रशासकीय अधिकृत माथि कार्यक्षममा अभद्र ब्यबहार ।।।
प्रशासकीय अधिकृत माथि कार्यक्षममा अभद्र ब्यबहार ।।।
विनोद मण्डल वैशाख १५ । सिरहाको धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेलाई कार्यकक्षमा चुकुल लगायर अपमान गरिएको छ ।
धनगढीमाई नगरपालिकाको अधिकार क्षेत्र भित्र अनुमति लिएर संचालित खानी अस्थायी रूपमा बन्द गरिएको विषयलाई लिएर आज दिउसो करिब १२.४५ बजेको समयमा धनगढीमा ई नगरपालिकाकाे प्रशासनिक भवनमा कमला माई सप्लायर्सका सञ्चालक बेचन शर्माको नेतृत्वमा आएका केही व्यक्तिहरूको समुहले अधिकृत बगालेको कार्यकक्षमा एका एक प्रवेश गरी भित्रबाट चुकुल लगाएर अभद्र भाषा र ब्यबहार गरी पानीको बोतलले प्रहार गर्ने प्रयास गर्दै ‘ किन खानी बन्द गरेको हो ? खानी बन्द गर्ने अधिकार तलाई कसले दियो ? ,भन्दै प्रशासकीय अधिकृतलाई असभ्य ब्यबहार गर्दै गाली गलौज गरी हातपातको प्रयास गर्दै गर्दा कार्यकक्षमा भएका नगर प्रहरी र सेवाग्राहीकाे सहयोगमा बल प्रयोग गरी मुस्किलले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षबाट बाहिर निकालेका थिए । घटना लगतै नेपाल प्रहरी र शस्त्र प्रहरीको टोली धनगढीमाईको प्रशासनिक कार्यालय पुगी सुरक्षा दिएका थिए ।






