मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
परासीकाे आदर्श मावि का विधार्थी बेहाेस हुन थालेपछि पठनपाठन बन्द
परासीकाे आदर्श मावि का विधार्थी बेहाेस हुन थालेपछि पठनपाठन बन्द
सुरेश यादव,नवलपरासी/ फागुन १५ ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेकाे आदर्श माविका विधार्थीहरु हिजाे बाट अचानक बेहाेस हुन थालेपछि पठनपाठन भएकाे छ । लगातार दुई दिन देखि बिधार्थीहरु बेहाेस हुने क्रम बढ्दै गएपछि २ दिनकाे लागि बिधालय बन्द गरिएकाे बिधालयले जनाएको छ ।
कक्षा ६ देखि ९ सम्म अध्यनरत छात्राहरुमा बेहाेस हुने समस्या देखिएको बिधालयका प्रधानाध्यापक दिपक भट्टराईले जानकारी दिनुभयाे । उहाँका अनुसार आईतबार हिजाे १० बजे प्रार्थना काे समयमा ६ जना छात्राहरु बेहाेस भएका थिए । आज बिधालय शुरु हुनै लाग्दा थप १० जना छात्राहरु बेहाेस भएपछि पृथ्वी चन्द्र जिल्ला अस्पतालमा उपचारका लागि पठाईएकाे प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

राेग पता नलागेपछि अन्य विधार्थीहरुमा संक्रमण नहाेस् भनेर रामग्राम नगरपालिकाकाे समन्वयमा आज र भाेली गरि दुई दिन बिधालय बन्द गर्ने निर्णय गरिएकाे बिधालयका एक शिक्षकले जनाएका छन् । अस्पतालमा हाल १० जना छात्राहरु उपचाररत रहेकाे र बेहाेस हुने संख्या बढ्दै गएकाे पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.माेहम्मद नुरुल हाेदाले जानकारी दिनुभयाे । हिजाे आएका ३ जनालाई उपचार पछि घर पठाईएकाे र आज १० जनाकाे उपचार भईरहेकाे डा.हाेदाले बताउनुभयो ।
याे मासहिस्टेरिया हुनसक्ने भएकाेले बिधालयमै गएर अध्ययन गरिने उहाँले बताउनुभयो । मानसिक समस्याका कारणले यस प्रकारकाे राेग देखिने भएकाेले स्वास्थ्यकर्मीहरु परिचालन गरि बिधालयका शिक्षक,अभिभावकलाई काउन्सिलिङ गरिएकाे डा.हाेदाले बताउनुभयो ।






