परासीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु !!!

0Shares

परासीमा माेटरसाईकल दुर्घटना हुदा एक जनाकाे मृत्यु

सुरेश यादव,नवलपरासी/ फागुन १० ।

पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित निलाेगेटमा माेटरसाईकल ठाेकिदा एक जनाकाे ज्यान गएकाे छ ।

गएराति साढे ८ बजेकाे समयमा रामग्राम नगरपालिका वडा नं १ निलाेगेट स्थित परासी-सुनवल सडक खण्डमा माेटरसाईकल अनियन्त्रित भई गेटमा ठाेकिदा उक्त दुर्घटना भएकाे हाे ।

सुनवलबाट परासी तर्फ आउदै गरेकाे लु ५ प ९६७ नम्बरको माेटरसाईकल आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा माेटरसाईकल चालक नवलपरासीको रामग्राम नगरपालिका वडा नं १४ रेक्सहवा निवासी ३५ वर्षिय प्रदिप यादवकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे ।

टाउकाेमा चाेट लागि गम्भीर घाईते भएका यादवकाे पृथ्वी चन्द्र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकाे लागि मेडिकल कलेज भैरहवा लगिएको थियाे । उनकाे उपचारकाे क्रममा राति १० बजे अस्पतालले मृत घाेषणा गरेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे थप अनुसन्धान कार्य भई रहेकाे सुचना अधिकारी पाण्डेले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *