अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
उपसभामुख रानामगरले गरिन् पदभार ग्रहण !!!
उपसभामुख रानामगरले गरिन् पदभार ग्रहण
माघ ९, २०७९ थाङ्मीचागु डट कम संवाददाता
काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पदभार ग्रहण गरेकी छन् । संसद् सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराएपछि उपसभामुख रानामगरले पदभार ग्रहण गरेकी हुन् ।
‘संवैधानिक परिषद्का सस्यका रूपमा निर्णायक भूमिका खेल्छु । सभामुखको समन्वयमा विधेयक र कानुन निर्माणमा काम गर्नेछु,’ रानाले भनिन् ।
शपथग्रहणअघि रानाले राष्ट्रिय स्वतन्त्र पार्टीको सबै जिम्मेवारी परित्याग गरेकी थिइन् । सत्ता गठबन्धनले उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । शनिबार भएको निर्वाचनमा राना कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै निर्वाचित भएकी थिइन् ।






