राष्ट्रसेवक बचततथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न ।।।।

0Shares

राष्ट्रसेवक बचततथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न ।।।।

थाङ्मीचागु डट कम सम्बाददाता बिनोद मण्डल लहान , १० पुस । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिरहा अंतर्गत कर्मचारी हकहितका लागि काम गर्दै आएका राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहान सिरहाको चौथो वार्षिक साधारण सभा तथा पिकनिक कार्यक्रम लहान १५ स्थित हात्तीदहमा सम्पन्न भएको छ ।

” एकका लागि सबै र सबैका लागि एक ” भन्ने मुल नाराका साथ चौथो वार्षिक साधारणसभा सम्पन्न गरिएको हो ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाकाे प्रमूख आथित्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी , सिरहा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, माननिय गंगा यादव, माननिय सम्झना थपलिया , प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरी , माननिय सत्रुधन, प्रसाद सिंह त्यसैगरी राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड लहानका पदाधिकारीहरु अध्यक्ष रंजीत कुमार यादव, उपाध्यक्ष कुल बहादुर कटुवाल, सचिव प्रदिप सिंह, कोषाध्यक्ष जलेश्वर यादव, सदस्यहरु सिता निरौला , सुरेश कुमार यादव, दिपेन्द्र कुमार यादव, लगायत लेखा तथा सुपरिवेक्षण समिति , ऋण सिफारिस उपसमिति , शिक्षा उपसमिति, तथा सेयर सदस्यहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत तथा वार्षिक प्रतिवेदन -२०७९ सार्वजनिक गरिएको थियो । कार्यक्रममा संस्थाका विवरणहरु प्रस्तुत गरिएको थियो जस अनुसार:- हाल सदस्य सङ्ख्या -१०६, कुल शेयर पुँजी :- २८८०००/- , बचतको ब्याज नियमित बचत ८ प्रतिशत , संस्थाको मुख्य कारोबार : बचत तथा ऋण रहेको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाका सभापति तथा संस्थाका अध्यक्ष रंजीत कुमार यादवका अनुसार यस सहकारी संस्था विशेषतः राष्ट्रसेवक कर्मचारीहरुको हकहितमा काम गरिरहेको र गर्दै आएको बताउँदै कर्मचारीमा बचत गर्ने बानीकाे विकाससँगै निर्धारित समयमा लेनदेन गर्ने बानीले आपतमा ठूलो सहयोग पुग्ने धारणा अगाडी राख्नु भयाे ।

बोल्ने क्रममा यादबले आगाडी थप्नु भयो ” संस्थाको विशेषता भनेको यस संस्थाबाट विना धितो २ लाखसम्म बार्षिक १० प्रतिशत ब्याजदरमा ऋण लिन सकिने छ “

कार्यक्रम समापन सँगै उक्त ठाउँमा अथितीहरुलाई बनभोज कार्यक्रममा सहभागी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *