Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।
जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।।।
विनोद मण्डल मंसिर २५ । सिराहाको लाहानमा सडक नाटकसहित अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
लहान नगरपालिकामा ३१ औ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा नं. ०७ स्थित लहान नगरपालिका, मानव अधिकार संरक्षण केन्द्र (संजाल) सिरहा, महिला मानव अधिकार रक्षक संजाल सिरहा र ईलाका प्रहरी कार्यालय लहान सिरहाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ ।
मानव अधिकार संरक्षण केन्द्र (संजाल) सिरहाका संयोजक देबराज पोखरेलको अध्यक्षता प्रदेश सभा सांसद माननिय राजेन्द्र प्रसाद चौधरी ज्युको प्रमुख आतिथ्य, धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो ज्यु, ईलाका प्रहरी कार्यालय लहान सिरहाका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनाली ज्यु तथा प्रहरी जनशक्तिहरु, स्थानिय सरोकारबाला निकायहरु, विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु, भद्रभलादमी तथा बुद्धिजिबिहरु समेतको उपस्थितिमा “७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शान्तिका लागी र्याली तथा सडक नाटक कार्यक्रम” गरिएको थियो ।
कार्यक्रममा “समान व्यवहार, शान्तिको आधार” भन्ने मुल नाराका साथ मानव अधिकार सम्बन्धी सचेतनामुलक र्याली निकाली मडवारी सेवा सदनमा गई मानव अधिकारको अवस्था तथा चुनौतीको विषयमा अन्तरक्रिया गरी कार्यक्रम समापन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





