मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
म्याग्दीमा एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण माग !!!
म्याग्दीमा एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण माग
म्याग्दी — चामल बाँढेको र युवा क्लबलाई चन्दा दिएर मतदाता प्रभावित बनाउन खोजेको भन्दै उजुरी परेपछि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा सदस्यका उम्मेदवार यामबहादुर गर्वुजालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
कांग्रेसका जिल्ला उपसभापति केवी भण्डारीले श्रेष्ठ र गर्वुजाविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए । एमाले उम्मेदवारले मालिका गाउँपालिका- ३ रुममा चामल वितरण गरेको र धवलागिरी गाउँपालिका- ४ खिवाङको जनसुधार युवा क्लबलाई १० हजार चन्दा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले आरोपित उम्मेदवारलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको हो । श्रेष्ठको स्पष्टीकरणपत्र उनका प्रतिनिधि प्रमोद श्रेष्ठ र गर्वुजाको पत्र उनका प्रतिनिधि सन्तोष रावलले बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
‘मतदाता प्रभावित बनाउन चामल र रकम बाँडेको उजुरी परेको थियो । आरोपितसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो,’ आचारसंहिता अनुगमन समितिका अध्यक्षसमेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख रामभक्त रानाभाटले भने, ‘दुवै उम्मेदवारको पत्र प्रतिनिधिमार्फत बुझाएका छौं ।’
तिहारअघि रुमका विभिन्न बस्तीमा एमाले नेतृ खरमाया बिटालुले खाद्यान्न सहयोग भन्दै १८ बोरा चामल पठाएकोमा स्थानीयले १० बोरा आफूले राखी बाँकी ८ बोरा फिर्ता पठाएको भन्ने बिटालु र स्थानीयबीचको मोबाइल फोन संवादसमेत सार्वजनिक भएको थियो ।






