मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
वाग्मतीलाई फेन्सिङमा थप दुई स्वर्ण
वाग्मतीलाई फेन्सिङमा थप दुई स्वर्ण
पोखरा — नवौं राष्ट्रिय खेलकुदमा फेन्सिङमा वाग्मती प्रदेशले बुधबार दुई स्वर्ण पदक थपेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा पुरुष फोयल टिम इभेन्टमा वाग्मतीले आर्मीलाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण जितेको हो । वाग्मतीले महिला सावर टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । सावरमा पनि वाग्मतीले आर्मीलाई नै हराएको हो । नवौंमा फेन्सिङमा जितेको यो चौथो स्वर्ण हो ।
पुरुष फोयल इभेन्टमा सुदूरपश्चिम र प्रदेश १ ले कांस्य पदक हात जितेका छन् । फेन्सिङमा प्रदेश १ को पहिलो सहभागिता हो । महिला इपीमा भने आर्मीले स्वर्ण जितेको थियो । आर्मीले एपीएफलाई ४५–४० अंकले हरायो । प्रदेश १ र सुदूरपश्चिम कांस्यमा सीमित भए । फेन्सिङको पदक तालिकामा वाग्मती प्रदेश शीर्षस्थानमा उक्लेको छ । वाग्मतीले ४ स्वर्ण, १ रजतसहित ५ पदक जितेको छ । आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कांस्यसहित १४ पदक जितेको छ ।
गण्डकीको तेस्रो जित
नवौं राष्ट्रिय खेलकुदमा पुरुष ह्यान्डबल खेलमा गण्डकीले तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा गण्डकीले वाग्मती प्रदेशलाई ३२–१४ गोलले हराएर ३ अंक बटुलेको छ ।
लगातार ३ खेल जितेको गण्डकीले कुल ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे । महिला ह्यान्डबलमा वाग्मतीले जित निकालेको छ । जितसँगै वाग्मतीले महत्त्वपूर्ण ३ अंक बटुलेको छ । मधेसकी सुजाता सिंहले सर्वाधिक ४ गोल गरिन् ।





