तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07पारिश्रमिक बढाउने तयारी, विदेशी कामदारलाई समावेश नगर्न माग !!!
2026-10-07
Thursday, October 8, 2026
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
पाँचथर — पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । दुर्घटनमा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी रहेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुस्मिताको शरीरमा धेरै चोटपटक लागेको र अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।






