मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपालको शासकीय स्वरुप निर्वाचन प्रणाली खिचडीजस्तो : अध्यक्ष भट्टराई
नेपालको शासकीय स्वरुप निर्वाचन प्रणाली खिचडीजस्तो : अध्यक्ष भट्टराई
१२ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली खिचडीजस्तो भएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले संघीय संरचना पनि जाति, भाषाको पहिचान अनुसार नबनेको र शासकीय स्वरुप तथा निर्वाचन प्रणाली पनि खिचडीजस्तो भएको बताएका हुन् ।
‘…मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौं, तर पूर्ण गर्न सकेनौं । पहिलो कुरा बहुजातीय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाति, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को, जुन शासकीय स्वरुप र निर्वाचन प्रणाली अपनायौं, त्यो खिचडी खालको अपनायौं’ उनले भने ।
भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद हुनुपर्ने वकालत गर्दै आएका छन् ।
उनले आफ्नो पार्टीको नाम फेरिएको भए पनि एजेण्डा एउटै रहेको बताए । पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै भट्टराईले आफूले निरन्तर अग्रगमनको कुरा गरिरहेको बताए ।
‘आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराइमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभूत कुरा त केही मिल्दैन’ उनले भने ।
बाबुराम भट्टराई






