गुणस्तरिय शिक्षा अभियानमा मेयर शिवशंकर महतो ।

26Shares

गुणस्तरिय शिक्षा अभियानमा मेयर शिवशंकर महतो ।

संवाददाता भदाै 29 । नेपालमा बाल दिवसको अवशरमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गरिएको थियो ।

सिरहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखाको निर्देशनमा आयोजित नगरस्तरीय माध्यामिक तह हाजिरी जवाफ प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ ।

कूर्वा माविमा आयोजित कार्यक्रममा प्रमूख अथिति नगर प्रमूख शिव शंकर महतो, अथितिहरू संगीता चौधरी, वाडा अध्यक्ष वीरेन्द्र शाह , आर्पी प्रदिप शाह , सहभागि विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थितिमा ५८औं बाल दिवस ” बाल मैत्री समाजको आधार जिम्मेवार परिवार , उत्तरदायी सरकार ” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा बाल अधिकार सम्बन्धी हकको व्यवस्था कानुनले गरेको अवस्था रहेकोले कानुन अनुसार बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित गराउन नहुने अवस्थामा नगरबाट सृजनशिल कार्यक्रमको आयोजना गराउनमा मुख्य भूमिका खेल्दै आएका मेयर शिव शंकर महतो एक बाैद्धिक व्यक्तित्वको रूपमा शैक्षिक क्षेत्रका चम्किला व्यक्ति भएकाले हाजिरी जवाफ प्रतियोगिता विद्यालयहरूमा नियमित गराउनु पर्ने धारणा राख्नु भएको थियो ।

दूरदर्शी मेयरको रूपमा परिचित महतोको शिक्षा प्रति सकारात्मक धारणा रहेको हुनाले नगरका सबै विद्यालयहरूमा आज भब्यताका साथ बाल दिवस मनाइएको छ ।

कार्यक्रममा सफल भएको विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *