मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
लाल किल्लामा मेयर महतोको ध्यान केन्द्रित ।।।
लाल किल्लामा मेयर महतोको ध्यान केन्द्रित ।।।
विनोद मण्डल भदाै 24 सिराहा । नेपाली राजनीतिक इतिहासमा एउटा स्वर्णिम सन्दर्भ तत्कालिन कम्निस्ट अर्थात् ने क पा मालेको चौथो माहाधिवेशन सम्पन्न भएको एतिहासिक ठाउँ सिरहा जिल्लाकाे साविक गाउँविकास समिति, बिष्णुपुरकट्टी 3 राईरैनी बस्ति अर्थात् सर्रे अम्बास हाल धनगढीमाई 14 मा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो ज्यूको ध्यान केन्द्रित भएको अवस्था रहेको देखिन्छ ।
२०४६ साल भाद्र महिनाको प्रचण्ड गर्मी ,बर्षा, बाढीपहिरो अनि दुर्गम गोरेटो बाटो र तत्कालिन पन्चायती व्यवस्थाको क्रूर तानाशाहाको शासनलाई चुनौती दिदै अग्रज कर्मयोगी कम्निस्ट अगुवा नेता र कार्यकर्ताहरुले जनताको हक हित र अधिकारका निम्ति लगभग साता दिन यस ठाउँमा आफ्नो ज्यानको बाजी लगाएर सफलतापूर्वक कम्निस्टको चौथो महाधिबेसन सम्पन्न गरेका थिए ।
चौथो महाधिबेसन सम्पन्न गरी मदन भण्डारीलाई पार्टीको महासचिव बनाइएको थियो र सो माहाधिबेशनले पन्चायती शासनको बिरुद्दमा आन्दोलन गरी बहुदलिय ब्यवस्था स्थापना गर्ने उद्घोषका साथ क भण्डारीको नेतृत्वमा (माहासचिवत्वमा) केन्द्रीय कमिटी समेत गठन भएको थियो र सो कमिटीले जनताको बहुदलीय जनवादको बिचार लिएर जन आन्दोलनको उद्घोष समेत गरेको थियो ।
सिरहाको राईरैनीको यही घर जुन घरभित्र महाधिवेसन सम्पन्न भयो र घरको धनी क, बल बहादुर सुनुवार र सम्पूर्ण नेता तथा कार्यकर्तालाई माहाधिवेसनमा खाना पकाएर खुवाउने क, राम ईस्वर साहको योगदान पनि पार्टीमा उत्तिकै रहेको थियो ।
आज सिरहा जिल्लाको त्यो एतिहांसिक र स्वर्गको एउटा टुक्रा झरेको जस्तो ठाउँ, धनगढीमाई नं .पा.को १४ नं वडा जहां ती पञ्चायती क्रूर तानाशाहीको शासनकालमा पनि तत्कालिन ने क पा मालेको चौथो महाधिवेशन २०४६ साल भाद्रमहिनाको प्रचण्ड गर्मीमा पनि, न बाटो, न बत्ति ,न पंखा न कुलर,न योछ्यान न निन्द्रा,न भोख न प्यास, भनी एक हप्ताको समय लाई एक एतिहांसिक रुपमा देशभरीका सम्पुर्ण दिग्ग्ज,अग्रज र मार्गदर्शक नेताहरुको प्रतिनिधित्वले पन्चायती शाशक
र सत्ताको बिरुद्धमा र शोषित वर्ग मजदुर,किशान र पछाडी परेका वर्गका उत्थान र न्यायको निम्ति तत्कालिन ने क पा,मालेको चौथो महाधिवेशन सफल्तापुर्वक सम्पन्न भई जनताको बहुदलिय व्यवस्थाको आधारशिला र पार्टीको सिद्दान्तका सिदान्त्कार स्व. क .मदन भण्डारीले तत्कालिन पार्टीका महासचिवको नेतृत्व सम्हाल्दै पन्चायतको बिरुद्द्मा योजना बनाई अगाडी बढेको त्यो एतिहांसिक ठाउंको चौतर्फि विकासमा यतिबेला शिवशंकर महतोले आफ्ना ध्यान केन्द्रित गराउँदै त्यहाँस्थित एतिहासिक घरकाे चारैतिर बाउण्डरी लगायतका भौतिक पूर्वाधार विकासको लागि महतो यतिबेला सक्रिय भएका हुन् ।
आफ्ना सम्पूर्ण ध्यान केन्द्रित गराएका महतोले उक्त ठाउँमा केही समय अगाडि मधेश प्रदेशका मुख्य मन्त्री लाल बाबु राउत समेतका टोली लिएर पुगेका महतोले गत साता मदन भण्डारी फाउन्डेसनका उच्च व्यक्तित्व लगायतका व्यक्तिहरुसँग पुगेको अवस्थामा स्थानिय मदन भण्डारी माविमा पुगेर स्थलगत अवलोकन समेत गर्नु भएको छ । संक्षिप्त कुराकाीमा मेयर महतोले तत्कालीन विद्यालयका प्रधानाध्यापक महेश्वर प्रसाद मण्डल माओवादी पार्टीबाट निर्देशित भएर काम गर्दा उक्त विद्यालयका विद्यार्थीहरू साईकल पाउनबाट वञ्चित हुँदा दुःख लागेको बताउनु भएको छ ।






