धनगढीमाई नगरपालिकाको अधिकांश भाग डुवानमा ।

1Shares

धनगढीमाई नगरपालिकाको अधिकांश भाग डुवानमा ।

विनोद मण्डल भदाै १६ । सिराहाको धनगढीमाई नगरपालिकाका बजार लगायत अधिकांश भागमा वर्षाको पानीले आवात जावतमा कठिनाई उत्पन्न गराएको छ ।

स्थानिय धनगढी बजारको विश्वकर्मा चोक क्षेत्र र नैनपुर अस्पतालको परिसरमा पानी जमेपछि दिनभरि आवात जावतमा कठिनाई उत्पन्न भएको थियो ।

नगरका मेयर शिवशंकर महतोको कार्यालय अगाडि समेत पानीले गर्दा बाटो हिलाम्य भएपछि दिनभरि आम स्थानिय हिलोमा हिँड्न बाध्य भएका हुन् । पालिकाको नवनिर्मित भवनको परिसरमा पानीको दह बनेको अवस्था छ भने अर्कोतिर नैनपुर अस्पताल परिसरको मुख्य गेटमा पानीको निकास नहुँदा घुँडा सम्मको पानी जमेको थियो ।

बिरामीहरुको चाप अस्पतालमा बढेको दिनमा मुख्य गेटमा पानी जमेपछि बिरामीलाई सास्ती भएको हाे । नैनपुर अस्पताल परिसरमा वडा नं ९ को कार्यालय , शिक्षा शाखा , ,स्वास्थ्य शाखा , महिला तथा बालबालिका कार्यालय , उपमेयरको कार्यालय लगायतका प्रसासनीक कार्यालय रहेको ठाउँमा पटक पटक पानी जमेर स्थानियले सास्ती भोग्दा समेत पानी निकासको उचित ब्यबस्थापन नहुनु चिन्ताको विषय बनेको अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *