निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
Friday, July 17, 2026
५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनले पाएका छन् ।
मनिष सुमन बने जसपाको प्रवक्ता
५ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को प्रवक्ताको जिम्मेवारी मनिष कुमार सुमनले पाएका छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए । भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले पार्टी नै छाडेको घोषणा गरेका थिए ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुमनले आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको भन्दै नेतृत्वप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।






