इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा
2024-11-20तीन पटकको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितको प्रदर्शन, प्रहरीले गर्यो लाठीचार्ज
2024-11-20कान्जिभाइको कविता संग्रह ‘कमरेडको जनै’ सार्वजनिक
कान्जिभाइको कविता संग्रह ‘कमरेडको जनै’ सार्वजनिक
५ भदौ, काठमाडौं । युवा कवि सुविन न्यौपाने ‘कान्जिभाइ’को पहिलो कविता सङ्ग्रह ‘कमरेडको जनै’ सार्वजनिक भएको छ ।
कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संयुक्तरुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै लेखक मानुषी भट्टराईले सामान्य जस्तो लाग्ने पात्र-प्रवृत्तिलाई समेत कवि कान्जिभाइले असाधारण ढंगले पस्किएको बताइन् । ‘कमरेडको जनैभित्रका कविताले हरेक राजनीतिकर्मीलाई कसका लागि राजनीति गरिएको छ भनेर सोच्न बाध्य गराउने छ,’ उनले भनिन् ।
समीक्षक बिन्दु शर्माले भने सार्वभौम अभिव्यक्ति र समकालीन चेतका आधारमा कविले कविता रचना गरेको उल्लेख गरिन् ।
कवि श्रवण मुकारुङले कविताको विषयवस्तु समान भएपनि कविको शिल्प र शैली नितान्त मौलिक हुनुपर्नेमा जोड दिए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कवि-लेखकले नेतृत्ववर्गलाई सधैं सचेत राख्न धारिला सृजना गरिरहनुपर्ने बताए । ‘देश बन्नु भनेको बाटो र बिजुली बन्नुमात्र होइन, ठूला भवन र सहर बन्नुमात्र होइन । संस्कृति, सभ्यता र कलामा समुन्नत हुनुचाहिँ देश बन्नु हो’, नेता शर्माले भने ।
कार्यक्रममा वसन्त भट्ट र निर्भीकजंग रायमाझीले संग्रह भित्रबाट कविता वाचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको ‘कमरेडको जनै’भित्र ४७ वटा कविता संग्रहित छन् । पुस्तकको मूल्य २९९ रुपैयाँ रहेको छ ।
कविता संग्रह सुविन न्यौपाने