मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक
प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक
काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् ।
दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले महत्व पाएको छ ।
दोस्रो टिजरको बटमलाइन पनि मुख्य पात्रले राजगद्दी वा प्रेममध्ये एक छान्नुपर्ने संघर्ष नै हो । दोस्रो टिजर पनि हिन्दी स्वरांकन र ब्याकग्राउन्ड स्कोरले बलियो बनेको छ ।
निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए । तर फिल्म चाहिं असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा छ । सन्तोष सेन र छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन् ।






