बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
2026-08-24
शौचालय व्यबस्थितमा ध्यानाकर्षण गर्दै नवलपरासी यूवा समाज ।।।
शौचालय व्यबस्थितमा ध्यानाकर्षण गर्दै नवलपरासी यूवा समाज ।।।
विनोद मण्डल साउन ३१ । नवलपरासीको सदरमुकाम परासी बुद्धचोंकस्थित निर्मित सार्वजनिक शौचालय सञ्चालनमा नवलपरासी यूवा समाजले आफनो ध्यानाकर्षण भएको बताएका छन् ।
निर्मित अब्यबस्थित सार्वजनिक शौचालय हालसम्म पनी सन्चालन र सुचारुमा नआएकोले यसलाई तत्काल सुचारु गराऊनको लागी नवलपरासी युवा समाज अगाडी आउने भएका छन् । शौचालयलाई सञ्चालनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षणको लागि शौचालय परिसरमा यूवा समाजका सदस्य लगायत परासीका समस्त बुद्धिजीवीहरलाई शौचालय नजिक भेला गराई सुचारु गर्नको लागी नगरपालिकालाई ध्यानाकर्षण गर्ने भएको छ साथै यसलाई कार्यान्वयन गराउनको लागी साथ सहयोगको लागी आम स्थानीयमा समाजका अध्यक्ष धर्मेन्द्र गिरीले अनुरोधसमेत गरेका हुन् । शौचालयको अभावमा पुरुष भन्दा महिलालाई बढ़ी सास्ती र दुःख भोग्नु परिरहेकोले तत्काल सञ्चालनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका समाजका उपाधयक्ष नरेन्द्र मिश्राले टेलिफोन मार्फत जानकारी गराउनु भएको छ ।






