नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
पिप्पा’ टिजर : भारत-पाक युद्ध घोषणा गर्ने इन्दिरा गान्धीको त्यो आदेश
पिप्पा’ टिजर : भारत-पाक युद्ध घोषणा गर्ने इन्दिरा गान्धीको त्यो आदेश
काठमाडौं । भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सोमबार भारत-पाक युद्धमा आधारित फिल्म ‘पिप्पा’को टिजर ट्रेलर र प्रदर्शन मिति घोषणा भएको छ ।
राजाकृष्ण मेनन निर्देशित र सिद्धार्थ रोय कपुर तथा रोनी स्क्रेवाला निर्मित फिल्म मंसिर १६ गते रिलिज हुने भएको छ । अक्षयकुमार स्टारर ‘एयरलिफ्ट’ निर्देशक मेननको यो अर्को प्रतीक्षित फिल्म हो ।
तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानसँग युद्ध घोषणा गरेको सन्दर्भ टिजरमा देखाइएको छ । ओस्कार विजेता एआर रहमानको संगीत रहेको फिल्ममा इशान खतार, मृणाल ठाकुर र प्रियांशु पैंयालुको मुख्य भूमिका छ ।
भारतीय सेनाका बिग्रेडियर बलराम मेहताद्वारा लिखित पुस्तक ‘द बर्निङ चफिज’मा फिल्म आधारित छ । फिल्ममा मेहताले सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धको बेला भारतको पूर्वी क्षेत्रबाट लड्ने सैनिक अधिकृत क्याप्टेन मेहताको भूमिका निर्वाह गरेका छन् ।
भारत-पाकिस्तानको यो युद्धले बंगलादेश अलग्गै देशको रुपमा निर्माण भएको थियो । फिल्मको शीर्षक रुसी युद्धपोत पीटी-७६ बाट लिइएको छ । यो युद्धपोतलाई पिप्पा भनेर चिनिन्छ ।
निर्माता स्क्रेवालाले यो फिल्म सन् १९७१ को पृष्ठभूमिमा निर्माण भएको बताएका छन् । अहिलेसम्म नभनिएको कथालाई आफूहरुले विश्वसामु पस्कन लागेको उनले बताए ।
इन्दिरा गान्धी पिप्पा बलिउड






