नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नटिङहम फरेस्टको जर्सीमा किन छैन स्पोनसरको नाम
नटिङहम फरेस्टको जर्सीमा किन छैन स्पोनसरको नाम ?
३० साउन, काठमाडौं । २३ वर्षपछि प्रिमियर लिगमा फर्केको नटिङहम फरेस्टले आइतबार राति वेष्टह्यामलाई १-० ले हराएर पहिलो जित निकाल्यो । यसअघि सिजनको पहिलो खेलमा न्यूकासल युनाइटेडसँग पराजित भएको थियो ।
वेष्टह्यामलाई हराएर पहिलो तीन अंक जोडेको नटिङहमको जर्सीमा स्पोनसरको नाम भने छैन । स्टिभ कुपरको टिमले लिगमा जित हात पार्दा उनीहरुले लगाएको अनौठो जर्सीले भने धेरैको ध्यान तानेको छ । यसअघि २०२१-२२ मा च्याम्पियनसिपमा खेल्दा टेक कम्पनी बीओएक्सटीले नटिमङहमको जर्सी स्पोनसर गरेको थियो ।
तर सम्झौता सकिएपछि अहिले भने नटिङहमको जर्सीमा कुने पनि स्पोनसरको नाम छैन । जर्सीको अगाडी भागको माथि क्लबको लोगो र जर्सी उत्पादन कम्पनी माक्रोनको लोगो मात्र छ । बीओएक्सटीसँग सम्झौता सकिएपछि उक्त कम्पनीसँग सम्झौता नवीकरण भएन । बीओएक्सटीले स्पोनसरलाई निरन्तरता दिन चाहेको थियो । तर समरमा क्लबले मल्टी मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इस्ट मिडल्याण्डर्स क्लब नटिङहम फरेस्ट अहिले नयाँ स्पोनसरको खोजीमा छ भने बीओएक्सटी एभरटनको स्लिभ स्पोनसर बनेको छ । बीओएक्सटीले जारी गरेको स्टेटमेन्टमा भने पछिल्लो दुई सिजन सहकार्यका लागि नटिङहम फरेस्टलाई धन्यवाद दिएको छ ।






