सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि आवासीय विद्यालय स्थापना गरिने
2026-08-22पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोप १६ वर्षीय किशोर पक्राउ
2026-08-22
समाजका आदर्श बन्दै उपमेयर संगिता चौधरी ।।।

समाजका आदर्श बन्दै उपमेयर संगिता चौधरी ।।।
विनोद मण्डल साउन 12 । सिराहाको धनगढीमाई नगरपालिकाको उपमेयर संगिता चौधरी नगरका समस्यालाई बुझ्न आम जनताको घरमा गएर स्थानिय जनताको गुनासो संकलन गरिरहेकी छिन् ।
बाैद्धिक व्यक्तित्वको रूपमा परिचित चौधरीले समाजमा आदर्श कायम भएको खण्डमा मात्र विकाश संभव रहेको बताउँदै आफूले जनताको समस्यालाई सकारात्मक ढंगले लिएर अगाडि बढ्न थालेको देखिन्छ ।
न्यायिक समितिको जबाफदेही बोकेका उपमेयर चौधरीले आफ्नो कार्यकालमा न्याय प्रदान गर्नका ढिलाइ नहुने समेत बताएका छन् ।
समाजमा हरेक किसिमका सामाजिक समस्या उत्पन्न हुने र ती सबैको समाधान सकारात्मक विचार भएकोले पार्टी र सँगठनभन्दा माथि उठेर जनताको काममा जनप्रतिनिधिहरु लाग्नुपर्ने बताउँदै धनगढीको हरेक वडाहरूमा नियमित अनुगमन आजको आवश्यकता भएको धारणा राख्दै आफू नियमित रूपमा अघि बढ्ने जानकारी गराउनु भएको छ ।





