पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैँयाले घट्यो

0Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।

सत्ता गठबन्धनको निर्णय अनुसार आज बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मुल्यमा कटौती गरेको हो । निगमले पेट्रोलमा २० रुपैँया र डिजेल र मट्तिेलमा २९ रुपैँया मुल्य घटाएको हो । सोहीअनुसार अब पेट्रोलको मुल्य १ सय ७९ हुनेछ भने डिजेल र मट्तिेलको मुल्य १ सय ६३ कायम हुनेछ । घटेको मुल्य आज मध्यराति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । यसअघि सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मुल्य घटाउने निर्णय गरेको थियो ।

हाल पेट्रोलको मुल्य १ सय ९९ रुपैँया रहेकोमा अब १ सय ७९ रुपैँयामा पेट्रोल पाईने भएको हो । यस्तै डिजेलको मुल्य हाल १ सय १२ रुपैँया रहेकोमा अब २८ रुपैँया घटेर १ सय ६३ रुपैँया कायम गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा लागु गर्दै आएको कर कटौती गरेर सर्वसाधारणलाई राहत दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *