भीमेस्वर नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या, चरिकोट बजार दुर्गन्धित

0Shares

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले एकसाता अघिदेखि संकलन गरिएको फोहोर व्यवस्थापन गर्न सकेको छैन ।

नगरपालिकाका दुई वटा ट्रिपरमा एकसाता अघि बजार क्षेत्रबाट संकलन गरिएको फोहोर व्यवस्थापन हुन नसकेपछि नगरपालिकामै थन्क्याएर राखिएको हो । भीमेश्वर नगरपालिकाले पछिल्लो तीन महिनायता खोरथली सामुदायिक वनमा खाल्डो खनेर नगरक्षेत्रको फोहोर व्यवस्थापन गरिरहेको थियो । जेठ महिनासम्म खोरथली सामुदायिक वनमा खनिएको खाल्डोमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि लगातारको वर्षाका कारण सडक हिलाम्मे भएपछि फोहोरको गाडी त्यहाँसम्म पुग्न नसकेको हो । नयाँ ट्रयाक खोलिएको सडकबाट ट्रिपर लिएर जान हिलोका कारण समस्या भएको छ ।

सदरमुकाम चरिकोटमा फोहोर उठ्न नसकेपछि बजार दुर्गन्धित बनेको छ । बजारको चोक तथागल्ली–गल्लीमा फोहोर थुप्रिएर बजार दुर्गन्धित बन्दै गएपछि बुधबार युवा परिषद दोलखाले बजार क्षेत्र सरसफाई गरेको छ । एकसातादेखि फोहोर उठ्न नसकेपछि चरिकोटको सातदोबाटो चोक, बसपार्क क्षेत्र, बीचबजार क्षेत्र दुर्गन्धित बनेको छ । भीमेस्वर नगरपालिकाले नगरपालिकाको मुख्यबजार क्षेत्रको फोहोर संकलन र व्यवस्थापनका लागि एडिवी फोहोरमैला कवाडी प्रोसेसिङ एण्ड अर्गानिक मल उत्पादन केन्द्रलाई जिम्मा दिएको छ । एडिविले कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर व्यवस्थापन गर्ने र संकलित फोहोरबाट मल उत्पादन गर्ने गरी तीनवर्ष अघि जिम्मा लिएपनि सम्झौता अनुसार काम हुन सकेको छैन ।

दोलखाको भीमेश्वर नगरपालिकाले एकसाता अघिदेखि संकलन गरिएको फोहोर व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाका दुई वटा ट्रिपरमा एकसाता अघि बजार क्षेत्रबाट संकलन गरिएको फोहोर व्यवस्थापन हुन नसकेपछि नगरपालिकामै थन्क्याएर राखिएको हो । भीमेश्वर नगरपालिकाले पछिल्लो तीन महिनायता खोरथली सामुदायिक वनमा खाल्डो खनेर नगरक्षेत्रको फोहोर व्यवस्थापन गरिरहेको थियो । सदरमुकाम चरिकोटमा फोहोर उठ्न नसकेपछि बजार दुर्गन्धित बनेको छ । बजारको चोक तथागल्ली–गल्लीमा फोहोर थुप्रिएर बजार दुर्गन्धित बन्दै गएपछि बुधबार युवा परिषद दोलखाले बजार क्षेत्र सरसफाई गरेको छ । 

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि स्थानको टुंगो लगाउन नसकेपछि आफुहरुले सम्झौता अनुसारको कामगर्न नसकेको एडिवी फोहोरमैला कवाडी प्रोसेसिङ एण्ड अर्गानिक मल उत्पादन केन्द्रका मेनेजर विनोद तमाङले जानकारी दिनुभयो । भीमेश्वर नगरपालिकाले करिव २० वर्षसम्म वडा नम्बर ५ को विरुवास्थित सामुदायिक जंगलमा फोहोर व्यवस्थापन गर्ने गरेको थियो । तर स्थानीयले दुर्गन्ध फैलिएको भन्दै विरोध गरेपछि नगरपालिकाले अहिले खोरथली सामुदायिक वनमा फोहोर व्यवस्थापन गरिरहेको हो । नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनको विषय पछिल्लो समय जटिल बन्दै गएको छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउनुभयो । सामुदायिक क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने ठाउँ नदेखिएपछि नगरपालिकाले निजि जग्गामा समेत फोहोर व्यवस्थापन गर्नेगरी स्थानको खोजी गरिरहेको प्रशासकिय अधिकृत खड्काले बताउनुभयो ।

सामुदायिक वन क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने उचित स्थान नभएको, उचित देखिएको स्थानमा पनि स्थानियको अवरोध हुने गरेको, बाटो तयार नभएको लगायतका कारण फोहोर व्यवस्थापन गर्ने स्थानको टुंगो लगाउन नगरपालिकालाई समस्या भएको छ । भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि दिर्घकालीन उपाय सहितको खोजी भईरहेको बताउनुभयो । उहाँले सार्वजनिक स्थलमा उचित व्यवस्थापन गर्न नसकिए निजि क्षेत्रको जग्गा प्रयोग गर्ने सोच बनाएको बताउनुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि पाँच बर्षका लागि नगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न सूचना जारी गरिसकेको छ । नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्ने स्थानको छनोट भइसकेपछि नगरपालिकाले फोहोर फिल्टर गर्ने मेसिन नै खरिद गरी फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनाएको नगरप्रमुख मानन्धरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *