जंगल गएको विगु ६ का एक बृद्ध मृत फेला ।

0Shares

दोलखा । जंगलमा दाउरा खोज्न गएका दोलखाको विगु गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् ।

विगु गाउँपालिका वडा नम्बर ६ आलम्पुका ७२ वर्षिय सुगजित थामी जंगलमा मृत फेला परेका हुन् । घरमा आगो बाल्ने दाउरा नभएपछि हिजो दिउँसो जंगलमा दाउरा खोज्न गएका उनी अवेरसम्म घर नफर्किएपछि स्थानीयले खोजीकार्य सुरु गरेका थिए । खोजी गर्नेक्रममा उनको भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनाको विषयमा साँझ मात्रै खवर आएकाले रातिको समयमा प्रहरी घटनास्थलमा जान सकेको थिएन । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *