राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल ।।।
2023-02-02मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ !!!
2023-02-02
Friday, February 3, 2023

महजोडीले ल्याए साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् ।
महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले साइबर सुरक्षा र चेतनाबारे जानकारी दिन्छ । फिल्ममा महजोडीसहित अन्य कलाकारले अभिनय गरेका छन्
हास्यव्यंग्यमार्फत जनचेतना जगाउँदै आएको महजोडीले दुई साताअघि ‘हुण्डी’ नामको छोटो फिल्म पनि ल्याएका थिए । विदेशबाट गैरकानुनी रूपमा पैसा पठाउँदा कस्ता समस्या हुन्छन् भन्ने विषयमा केन्द्रित ‘हुण्डी’ले समाजमा सकारात्मक प्रभाव पारेको निर्माताले जनाएका छन् ।
यसअघि चेलिबेटी बेचबिखनको कथालाई समेटेर निर्माण गरिएको हरिवंश आचार्यको शब्द, संगीत तथा स्वर रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीतले पनि विशेष चर्चा पाएको थियो ।