मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
समसमायिक विषयमा पत्रकार सम्मेलन ।।।
समसमायिक विषयमा पत्रकार सम्मेलन ।।।
विनोद मण्डल, मंसिर २० । सिरहाको धनगढीमाईको जिरोमाईल स्थित नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति रामचन्द्र यादवको निवासमा समसामायिक विषय वस्तुमा केन्द्रित भई पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
समसामायिक विषय वस्तुमा केन्द्रित भएर नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिरहाले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला सभापति रामचन्द्र यादवले जिल्लाको अबैध कारोबार र किसानहरूको समस्याप्रती निकाय गम्भीर नभए आन्दोलनमा उत्रिने बताउनु भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले नेपालको सबिधानले प्रत्याभूत गरेको स्वतन्त्रता र जनताले सम्मान पुर्वक बाँच्न पाउने अधिकार कुन्ठीत गरी दमन भईरहेको अवस्थाको महसुस आफूलाई भएको बताएका छन ।
उनले जिल्लामा कृषि श्रोतमा आधारित किसानहरुलाई कृषि खेती गर्न आवश्यक सामग्रीहरु समयमा उपलब्ध हुन नसक्दा विभिन्न किसिमको कठिनाई भइरहेको बताउँदै त्यसकालागि आफूले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापन पत्र बुझाएको जानकारी दिनुभएको छ ।
केही दिन आगाडी
धनगढीमाई १२ को सरे खोलामा नगरले आवस्यक प्रक्रिया पुर्याई धनगढीमाई नगरपालिकाले ठेकेदारलाई उपलब्बध गराएको राजस्व रसीद काटेर ट्राकटरमा गिट्टी बालुवा ल्याउँदै गरेको अवस्थामा बाटोबाट नियन्त्रणमा लिएको खवरले आश्चर्यमा परेको बताएका छन ।
केही दिन अगाडि सरे खोलाबाट जिल्ला वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको जेसीबि लगायतको बारेमा प्रसारित सामाचारको विषयमा पत्रकारले गरेको प्रश्नमा जबाफ दिँदै जिल्ला सभापति रामचन्द्र यादवले आफूमाथि राजनीतिक प्रतिशोधका कारण आफ्नो छोराको स्वामित्वमा रहेको जेसिवि जसलाई उनले भाडामा लगाएको हो वा होइन तर उक्त जेसिवि सरे खोलाको किनारमा निजी जग्गामा राखिरहेको अवस्थामा नियन्त्रणमा लिएर उक्त घटनासँग आफूलाई जोडेर आफूमाथि राजनीतिक खेलको ठूलो षड्यन्त्र यहाँका जनप्रतिनिधिहरुले खेलेको आरोप लगाउनु भएको छ ।
उनले ज्याला मजदूरी गरेर जिविका चलाउँदै आएका केहीलाई अहिले जिल्ला वन कार्यालय सिराहा लहानले नियन्त्रणमा लिएर राखेको अवस्थामा आफू चिंतित भएको समेत बताएका छन ।
यता केही दिन अगाडि जिल्ला वन कार्यालयका प्रमुखसँग नियन्त्रणमा लिएको जेसीबि सहितको बारेमा मोबाईल संपर्क गरेर बुझ्न खोज्दा धनगढीमाई १२ का स्थानिय जनताहरूले ट्राकटर नियन्त्रणमा लिएको र जेसीबी आफ्नो स्टाफ सहित गाउँलेको सहयोगमा नियन्त्रणका लिएको बताइरहँदा , उत्खनन आरोपमा पक्राऊ गरिएको जेसिवी सरे खोलाको दक्षिणी किनार स्थित रोकि राखेको अवस्थामा रहेको देखिएको थियो ।
जेसिबिको स्थलगत अवस्थाका बारेमा जिल्ला वन कार्यालयका प्रमुखसँग बुझ्न खोज्दा ,बाकी अनुसन्धान पछि बताउने जबाफ दिएका थिए ।





